|

काठमाडौं : वाम गठबन्धनका उम्मेदवारमाथि देशका विभिन्न स्थानमा भौतिक आक्रमणको श्रृंखला बढेको भन्दै एमालेले आपत्ति जनाएको छ। गठबन्धनको मुख्य घटक एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्णु रिमालले विज्ञप्ती जारी गरी सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित नभएर उम्मेदवारमाथि आक्रमण लगायतका घटना घटाउन उद्धत भएको आरोप लगाएका छन्।

'निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूमाथि सांघातिक आक्रमण र धम्कीका घटनाहरू बढन थालेका छन्। पछिल्लो समय सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू घटिरहेको अनुभूति हामीलाई हुन थालेको छ,' विज्ञप्तिमा भनिएको छ।‍

घटनाको  जिम्मेवारी अमुक पार्टीलाइृ लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले शंका उब्जिएको एमालेको जिकर छ। 'चुनावी अभियान जारी रहँदा हाम्रो पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर- १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान साङ्घातिक आक्रमण भएको छ। चुनावी अभियानमा अवरोध पुर्‍याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफैँ घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ,' विज्ञप्तिमा भनिएको छ।

चुनाव विथोल्न गरिएका यस्ता गतिविधि बन्द गरी जनतालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्न आग्रह एमालेले सरकारसँग माग गरेको छ। उम्मेदवारले निर्भयताका साथ चुनावी प्रचारप्रसार गर्ने वातावरण बनाउन पनि उसले आग्रह गरेको छ। एमालेले संखुवासभा, सुनसरीलगायतका जिल्लमा पनि एमाले कार्यकर्तामाथि आक्रमण, चुनावी अभियानमा अवरोध तथा धम्की दिएको भन्दै अराजनीतिक काम तत्काल बन्द गर्न सचेत गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.