|

रुपन्देही : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले वाम गठबन्धनले एकदलीय तानाशाह जन्माउन खोजेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समन्वय उपसमिति अन्तरगत  प्रदेश नं. ५ को मिडिया सेन्टरको मंगलबार बुटवलमा उद्घाटन गर्दै नेता खाँणले राज्यविहीन सत्ता स्थापित गर्ने योजनासहित वाम गठबन्धनबीच तालमेल भएको आरोप लगाए।

उनले मुलुकलाई समृद्ध राष्ट्रको रुपमा स्थापित गर्नुको सट्टा कम्युनिस्टको प्रयोगशाला बनाउन खोजेको भन्दै वाम गठबन्धनको कडा आलोचना गरे। वामपन्थी गठबन्धनले नेपालमा कम्युनिस्ट व्यवस्था ल्याउने

सपना देखे पनि त्यो साकार नहुने दाबी गर्दै नेता खाँणले भने, ‘प्रचण्डका नाति नातिनाले कुन सिद्धान्त लिएर अगाडि बढ्ने हुन् मैले बुझ्न सकेको छैन। हिंसाको अन्त्य गर्न माओवादीसँग हातेमालो गरेको हो तर सुर्धान सकिएन।’ 

‘व्यक्तिगत सम्पत्ति स्वीकार नगर्ने कम्युनिस्ट पार्टीले जनतालाई घर जग्गा दिँदै हिँड्छु भन्ने कुरा कत्तिको सत्य होला, अब भन्नुस्, उनीहरुले सुकुम्बासीलाई जमिन दिन्छन्, दिँदैनन्, कांग्रेसले नै सुकुम्बासी समस्या समाधान गर्छ, हाम्रो नेतृत्वमा बन्ने सरकारले ५ वर्षभित्रमा सुकुम्बासीलाई जमिन दिन्छ र घर बनाउन अनुदान दिन्छ, उनको तर्क थियो।

कार्यक्रममा स्वास्थ्यमन्त्री एवं रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले वामपन्थी गठबन्धनले असली रुप देखाउन थालेकोले आफूहरु लोकतान्त्रिक गठबन्धनमा लागेको बताउँदै भने,‘वामपन्थीहरु झुटको खेती गर्न सिपालु रहेछन्।’

प्रजातन्त्र र लोकतन्त्रको लागि लोकतान्त्रिक गठबन्धन सफल भएरै छाड्ने बताउँदै नेता बोहराले भने, ‘५ नम्बर प्रदेशको राजधानी रुपन्देहीमै बनाएर छाड्छौँ, हामी जहाँ गयो त्यहीँ राजधानी भन्दैनौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.