|
प्रतीकात्मक तस्विर

चितवन : नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ७२५२ नम्बरको ट्रकले बुधबार साँझ ठक्कर दिँदा पैदलयात्रु भरतपुर महानगरपालिका–२९ कविलासका ३५ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको हो। 

गुरुङको मृत्युपछि स्थानीय बासिन्दाले  गरेको बाटोको अवरोध गएराति खुलाएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। प्रहरीले दोषीलाई कारवाही गरी मृतकका परिवारलाई राहत उपलब्ध गराउने प्रतिबद्धतापछि सडक खुलेको हो।

दुर्घटनापछि फरार रहेका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.