|

पाल्पा : विप्लवनेतृत्वको नेकपाका एक युवा नेता पक्राउ परेका छन। पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक पाल्पाका संयोजक शंकर तामाङ (दर्पण) लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

तामाङलाई बुधबार तानसेन–६ लहरेपिपलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए। बाहिरी जिल्लामा विभिन्न चुनावविरोधी गतिविधि बढेपछि पाल्पामा सम्भावित घटना रोक्न तामाङलाई नियन्त्रणमा लिएको उनले बताए।

तामाङबारे अनुसन्धान भइरहेको र सार्वजनिक अपराधको मुद्दा अगाडि बढाउने प्रहरी उपरिक्षक पन्तले बताए।  स्थानीय तहको निर्वाचनमा नजिकिँदै गर्दा विभिन्न ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले जिल्लामा सुरक्षा सतर्कता बढाएको हो।
    
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.