|

गुल्मी : मलामी बोकेको जीप जिल्लाको रेसुङ्गा नगरपालिका ४ अर्खलेको चौरीलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लु १ ज १५२१ नम्बरको जीप बुधवार राति साढे १० बजे छलदीपनाहाबाट अर्खले आउदै गर्दा ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कपिलवस्तु बाडगंगा नगरपालिका ८ का ५५ बर्षका रुद्रबहादुर ढेगाको उपचारको लागि पाल्पा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक अनुरागकुमार द्वीवेदीले जानकारी दिए।

घाइतेहरु ५ जनाको पाल्पाको प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरुको टाउको र शरीरका अन्य भागहरुमा चोट लागेको छ। अन्य ९ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ। जीपमा १५ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका प्रति रेसुङ्गा नगरपालिकाले श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.