|

काठमाडौं: ओप्पोको एफ फाइभ मोवाइल फोन नेपाली बजामा ब्रिकी बितरण सुरु गरिएको छ। सोमबार नेपाली बजारमा भित्राइएको एफ फाइभ मंगलबारबाट नेपालमा भरका वितरहरुबाट ब्रिकी सुरु गरिएको ओप्पो नेपालले जानकारी गारएको छ।

‘हाम्रो नयाँ भेट एआई ब्यूटी प्रविधि सुसज्जित सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफफाइभले सबैको समग्र माग तथा आवश्यकताको पूर्ति गर्ने हामीले विश्वास लिएका छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने।

सार्वजनिक गरिएको ओपो एफफाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडीं फूल स्क्रिन डिस्प्ले मोडल हो।

यसमा कम्पनीले अत्याधुनिक एआई ब्यूटी (सेल्फीमा रहेका ब्यक्तिका लागि विशेष ब्यक्तिगत आधारमा ब्यूटिफिकेशन उपलब्ध गराउने) प्रविधि उपलब्ध गराएको छ। यो प्रविधिले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने कम्पनीको दावी छ।ओप्पो एफ फाइभको नेपाली बजारमा ३३ हजार ९ सय ९० रुपैयाँ मूल्य तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.