|

बाग्लुङ : बाग्लुङको हटियामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन सभास्थलनजिकै बम विस्फोट भएको छ। दिउँसो १ बजेका लागि आयोजित चुनावी सभा सुरु हुन नपाउँदै सभास्थलनजिकै विस्फोट भएको हो।

सभास्थालनजिकै विस्फोटको ठूलो आवाज आएको र धुवाँको मुस्लो देखिएको गलकोट नगरपालिका वडा नम्बर– ३ का अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए। कार्यक्रमस्थलमै रहेका बाग्लुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले विस्फोटको पुष्टि गर्दै कुनै क्षति नभएको बताए।

विस्फोट हुँदा वाम गठबन्धनका नेता/कार्यकर्ता जुलुससहित सभास्थलतर्फ जाँदै थिए। सभा भने सुरु भइसकेको थिएन। सभालाई सम्बोधन गर्न प्रचण्ड र वली आइपुग्न बाँकी नै छ। केसी भने बुधबार बेलुका नै गलकोट आइपुगेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.