|

धनकुटा : प्रहरीले जिल्लामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच  कार्यकर्तालाई  पक्राउ गरेको छ।

आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव विथोल्ने गतिविधि गरेका कारण नेकपाका धनकुटा जिल्ला इन्चार्ज सहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा नेकपाका जिल्ला इन्चार्ज माधव गौतम आकाश तथा जिल्ला सदस्यहरु रणकुमार राई, विज्ञान भनिने मदनप्रसाद ओझा, प्रेम कँडेल र नरजीत राई रहेका छन्। निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले आकाश र रणकुमारलाई जिल्लाको सफाइधापबाट बिहीबार बिहान पक्राउ गरेको हो।

बुधबार विज्ञानलाई हिलेबजार नजिकैबाट, प्रेमलाई पाख्रिबासबाट र नरजीतलाई आँखीसल्लाबाट पक्राउ गरेको हो। निर्वाचन विरोधी कुरा गर्ने तथा मतदाता भड्काउने काम गरेको पाएपछि उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले बताए। चुनावलाई शान्तिपूर्ण बनाउन माथिको आदेशमा उनीहरुलाई पक्राउ गरिएको एसपी राजभण्डारीले जानकारी दिए।

यसअघि गत असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पनि निर्वाचन विरोधी गतविधि गरेको आरोपमा धनकुटाबाट नेकपाका जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको थियो। पक्राउ परेका उनीहरु निर्वाचन पश्चात छोडिएको थियो। निर्वाचन विरोधी गतिविधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.