|
File Photo

सुनसरी : नेपाली कांग्रेसका नेता तथा उप्रधानमन्त्री विजयकुमार गच्छदारले नेकपा एमालेका उम्मेदवार भगवती चौधरीलाई धम्की दिएको भन्ने कुरा निराधार भएको प्रष्टिकरण दिएका छन्।

बिहीबार टेलिफोनमा राससकर्मीसँग मन्त्री गच्छदारले उक्त कुरा बताएका हुन्। नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार गच्छदारले एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिएकी भगवती चौधरीलाई चुनाव प्रचारमा नखट्न धम्की दिएको भन्ने कुरा हल्ला र निराधार मात्र भएको बताए।

वाम गठबन्धनका उम्मेदवार भगवतीले पैसाको बलमा केही सञ्चारमाध्यममा आफूविरुद्ध झुठा हल्ला फैलाएको मन्त्री गच्छदारको भनाइ थियो।

उपप्रधानमन्त्री गच्छदारले हल्लाको पछि नलाग्न पनि सुनसरी क्षेत्र नं ३ का मतदातासँग आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.