|

न्युयोर्क: अमेरिकाको न्युयोर्कमा जिसस क्राइस्टको केही शताब्दी पुरानो पेन्टिङ झण्डै तीन हजार करोड रुपैयाँमा बिक्री भएको छ।

इसा मसिहको यो ५०० वर्ष पुरानो पेन्टिङको नाम साल्वाडोर मुंडी (संसारका संरक्षक) हो, जसललाई लियोनार्दो दा भिन्चीले बनाएका थिए।

यस पेन्टिङको लीलामीले विश्वमा आजसम्मको सबैभन्दा महँगो कलाकृति बन्ने रेकर्ड बनाएको छ।

प्रसिद्ध कलाकार भिन्चीले सन् १५१९ मा यस संसारलाई छाडेका थिए। अहिले भिन्चीका २० भन्दा थोरै पेन्टिङ मात्र उपलब्ध छन्। लगभग तीन हजार करोड रुपैयाँमा खरिद गरिएको भनिएको पेन्टिङ कसले खरिद गरेको हो भन्ने खुलाइएको छैन।

न्युयोर्कमा लीलामीका क्रममा खरिदकर्ताले २० मिनेटसम्म टेलिफोनमा कुरा गर्दै यस पेन्टिङका लागि ४० करोड डलरको अन्तिम बोली लगाए। तब सबै गर्दा यस पेन्टिङको मूल्य ४५ करोड डलर पुग्यो।

कुनै बेला यही पेन्टिङ ६० डलरमा लीलाम भएको थियो। त्यसबेला यो पेन्टिङ भिन्चीका कुनै चेलाले बनाएको मानिएको थियो। यो पेन्टिङ भिन्चीकै हो भन्नेमा सहमति बनिसकेको भने छैन। 

विश्लेषकका अनुसार पेन्टिङको सतहमा आजसम्म यति धेरै काम भइसकेका छन् कि एकै समयमा यो पेन्टिङ नयाँ र पुरानो देखिन्छ।

वल्चर डट कममा जेनी साल्ट्जले लेखेका छन्, ‘यदि कुनै निजी संग्रहकर्ताले यस पेन्टिङलाई खरिद गरेर आफ्नो अपार्टमेन्ट वा स्टोरमा राखेमा उसका लागि ठीक हो।’

यो पेन्टिङ १५औँ शताब्दीमा इंगल्याण्डका राजा चाल्र्स प्रथमको सम्पत्ति थियो। चार वर्षअघि रुसी संग्रहकर्ता दमित्री ई रयाबोलोब्लेवले यस पेन्टिङलाई १२ दशमलब ७ करोड डलरमा खरिद गरेका थिए।

१९औँ शताब्दीका पेन्टिङ र अन्य कलाकृतिका क्षेत्रमा विशेषज्ञ डा. टिम हंटर यस पेन्टिङलाई २१औँ शताब्दीको सबैभन्दा ठूलो खोज भएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.