|

चितवन : वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले वाम गठबन्धनले मतदाता किनेर चुनाव जित्ने योजना बनाएको आरोप लगाएका छन्। चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका पाण्डेले जसरी पनि चुनाव जित्न मतदातालाई आर्थिक प्रलोभनमा पार्ने, वुथ कब्जा गर्ने रणनीतिमा वाम गठबन्धन लागेको आरोप समेत लगाएका हुन्।

बिहीबार नेपाल भूतपूर्व सैनिक संघ चितवनको कार्यक्रममा उनले यस्तो दुस्साहस गरे घरघरमा पुगेर लोकतान्त्रिक गठबन्धनले भण्डाफोर गर्ने समेत चेतावनी दिए। विकासका ठूलो सपना बाँडेर हिंड्नुको अर्थ नभएको भन्दै पाण्डेले मतदाता किनेर चुनाव जित्ने योजना त्याग्न वाम गठबन्धनलाई आग्रह गरे।

एकदलीय शासन चलाउने वाम गठबन्धनको सपना मंसिर २१ गतेपछि अन्त्य हुने उनले दावी गरे। निर्वाचनमा जनताले लोकतान्त्रिक शक्ति नै रोज्ने भन्दै उनले गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिलाई नै जनताले जिताउने विश्वास व्यक्त गरे। ‘कम्युनिष्ट शासन भएका देशमा स्वतन्त्रता हुँदैन, लोकतन्त्र र गणतन्त्र रक्षाका लागि लोकतान्त्रिक शक्ति नै जनताले रोज्ने विश्वास छ' मन्त्री पाण्डेले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.