|
फाइल फोटो थाहाखबर

  • पदम बडाल-

दार्चुलाः नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष महेन्द्र विष्ट पक्राउ परेका छन्। 

बुधबार बेलुकी प्रहरी चौकी धापले विष्टलाई घरबाटै पक्राउ गरेको हो। गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ गर्न निर्देशन दिएसँगै प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ सुरु गरेको हो। 

राती घरमै बसेको अवस्थामा अध्यक्ष विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निरीक्षक लालबहादुर साउदले जानकारी दिए। 

विष्टलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। जिल्लामा विप्लवको प्रभाव न्यून भए पनि प्रहरीले केही दिनदेखि उक्त पार्टीका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.