बैतडी : रूखबाट लडेर एक वृद्धाको मृत्यु भएको छ। सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महराको मृत्यु भएको हो।
बिहीबार बिहान घरनजिकै रूखमा घाँस (स्याउला) काट्न गएकी कलावतीको लडेर गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि डडेल्धुरातर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।
शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।