|

काठमाडौं : शुक्रबार बाला चतुर्दशी। पितृको सम्भनामा अघिल्लो साँझ विधिपूर्वक संकल्प गरी दीप बालेर रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ।

श्रद्धालुहरू चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गर्छन्। शतबीजमा सयथरीका अन्न, फलफूल हुन्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल, कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फल र विभिन्न किसिमका फूल  हुन्छन्। 

मार्ग कृष्ण चतुर्दशीका दिन बिहान पशुपतिनाथस्थित मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने विश्वास गरिन्छ। फोटोमा हेर्नुहाेस् पशुपतिनाथ क्षेत्रमा भइरहेको शतबीज रोपण—

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.