|

काठमाडौं : एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा नेपाल १०३ रनमा समेटिएको छ। टस हारेर अफगानिस्तानविरुद्ध पहिले ब्याटिङमा उत्रिएको नेपाल २८ ओभरमा १०३ रन जोड्दा अलआउट भयो।

नेपालका लागि अनिलकुमार साहले ५० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। अफगानिस्तानका मुजिब रहमानले सर्वाधिक ६ विकेट लिए।

अफगानिस्तानले १०४ रनको विजयी लक्ष्य पछ्याउँदै केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। यो खेलको विजेताले उपाधिका लागि फाइनलमा पाकिस्तानको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.