|

झापा (भद्रपुर) : आइवा युथ उमन विश्व च्याम्पिपनशिप बक्सिङ प्रतियोगितामा भाग लिन नेपाली बक्सिङ टोली भारत प्रस्थान गरेको छ। यही नोभेम्बर १९ देखि २६ तारिखसम्म भारतको गुहाटीमा आयोजना हुने विश्व च्याम्पिपनसिपमा भाग लिन ७ जनाको नेपाली राष्ट्रिय बक्सिङ टोली भारत प्रस्थान गरेको हो।

उक्त प्रतियोगितामा नेपालसहित ४० देशका २ सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहने जनाइएको छ। नेपालको प्रतिनिधित्व गर्दै टीम व्यवस्थापक पुस्करराज पन्त, प्रशिक्षक किशोरकुमार लिम्बू, नविन तण्डुकार र राष्ट्रिय खेलाडीहरु अस्मिता दुवान, सञ्जुमाया थिङ, कुसुम तामाङ र शिसम थापामगरको टोली भारत गएका हुन्।

नेपाली टोलीलाई झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमका बीच काकँडभिट्टा नाकाबाट विदाइ गरेको छ। झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षता आयोजित कार्यक्रममा नेपाली टोलीलाई खादा तथा अविर लगाएर जितको शुभकामना दिर्दै विदाइ गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.