|

काठमाडौं : शुक्रबारदेखि सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म 'झ्यानाकुटी' प्रदर्शन सुरु भएको छ। यसअघि नै सार्वजनिक भएको गीत र ट्रेलरबाट प्रतिक्षित बनेको फिल्म 'झ्यानाकुटी'ले यस हप्ता सोलो रिलिजको मौका पाएको छ। यस हप्ता अन्य नेपाली फिल्म प्रदर्शनमा नआएकाले मल्टिप्लेक्समा पनि यस फिल्मले धेरै सो पाएको छ। 

निशा अधिकारीको निर्माण रहेको फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका छन्। 'झ्यानाकुटी’मा सौगात र बेनिशासँगै पुष्कर गुरुङ, सुमी मोक्तान, जीवन भट्टराई लगायतको अभिनय रहेको छ। प्रदीप भारद्वाजको कथा रहेको ‘झ्यानाकुटी’मा सनिसश सुनवार र विकास चौधरीको संगीत समावेश छ।

अहिले फिल्मको प्रचार शैली निकै हिट छ। ‘झ्यानाकुटी’को पोष्टरमा बेनिशाले सौगातलाई काँधमा बोकेझैं आफ्नो जोडीलाई काँधमा राखेर बोकेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा #Nov17 / #Jhyanakuti लेखेर अपलोड गरी ‘झ्यानाकुटी’ पेजलाई ट्याग गरेको फोटो मध्य सबै भन्दा बढी लाइक पाउनेले प्रिती चाउचाउको तर्फबाट नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.