|

 

जीवनका यी व्यस्त पला
बाँच्न सिकेका ज्ञान कला।
राष्ट्र उज्यालो पार्न छरौँ  
लौ अब जाग्ने आँट गरौँ।।

देश छ सानो भ्रष्ट ठुला
दण्ड दिनेछन् हात लुला।
राष्ट्र सिँगार्ने छैन कतै
देश बिगार्ने मात्र सबै।।

हुन् जनता यी सन्तति हुन्
देश सपार्ने सम्पति हुन्।
व्यर्थ विदेशी  बन्न पुगे 
स्वार्थ र सत्ता चंगुलले।।

यो जल, यी पर्वत् र बुटी
पर्यटकीय क्षेत्र  जुटी।
देश उचाल्छन् सौगुणले 
मूल्य गिरायौँ दुर्गुणले।।

यी वनपाखा, यो हरियाली
शान्ति सुरक्षाको सुखलाली।
चिन्न सकेनौँ मूल्य नियाली
छौँ अझ कच्चा विश्व अगाडि।।

लौ अब ल्याऊँ स्वच्छ बिहानी
शीघ्र हटाऊँ कष्ट कहानी।
सीप जुटाई, स्रोत खटाई
राष्ट्र बनाऊँ भ्रष्ट हटाई ।।

(छन्दः अघिल्ला चार श्लोक मणिमध्य छन्द र पछिल्ला दुई चम्पकमाला)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.