|

कालिकोट : जिल्लामा सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ। स्थानीय तहको निर्वाचनमा मतदानका क्रममा नरहरिनाथ गाउँपालिकाको वडा नं. ६ सेरापाटा मतदान केन्द्रमा सुरक्षाकर्मीको गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका थिए।

जिल्लामा ९९ मतदानस्थल र १ सय ९ मतदान केन्द्र रहेका छन्। यस जिल्लामा ६४ हजार ९ सय मतदाता रहेका छन्। १० मंसिरको पहिलो चरणमा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ।

१ सय ९ मतदान केन्द्रमध्ये ६८ वटा अति संवेदनशील, २९ संवेदनशील र २ वटा मतदानस्थल मात्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए।

‘सुरक्षाका हिसाबले दुईवटा मतदान केन्द्रबाहेक अन्य सबै असुरक्षित रहेका छन्’ उनले भने,‘सुरक्षालाई मध्यनजर गर्दै ३ सय ३५ सशस्त्र प्रहरी, ६ सय ५० जनपथ,४ सय नेपाली सेना र ९ सय १३ जना म्यादी खटाइएको छ।’  जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान अधिकृत सहायकसहित १२ सय ४६ जना कर्मचारी खटाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.