|

दमकः झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपको शुक्रबारको खेलमा अग्नि रूपन्देही ११ ले मोरङ ११ लाई ३–१ को गोल अन्तरले पराजित गरेको छ।

खेलको १५औँ मिनेटमा मोरङले अग्रता लिएको थियो। उसको जर्सी नं. १५ का खेलाडी मनीष थापाको डी–बक्सभित्रको पासलाई सदुपयोग गर्दै जर्सी नं. ११ का सुनिल खड्काले पोष्टको दिशा दिएका थिए। 

तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको रूपन्देहीको तर्फबाट खेलको ४७औँ मिनेटमा जर्सी नं. ११ का अमर डंगोलले दिएको पासको सदुपयोग गर्दै जर्सी नं. ७ का विदेशी खेलाडी अबाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलको ७४औँ मिनेटमा अबाको पासलाई कुनै गल्ती नगरी अग्रता दिलाएका थिए भने खेलको इन्जुरी टाइम ८१औँ मिनेटमा जर्सी नं. ५ का खेलाडी विजय धिमालले गरेको सशक्त प्रहारसमेत गोलमा परिणत भएको थियो।

खेलको म्यान अफ द म्याच रूपन्देही ११ का अबा भए। शनिबार दुई विभागीय टिम एपीएफ र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका गणेश घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.