|

अर्गली (पाल्पा) सेना समायोजन नरोजी स्वेच्छिक अवकाश लिएर फर्किएका माओवादी सेनाकी एक पूर्व कमाण्डर अहिले व्यावसायिक गाईपालनबाट मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छिन्। 

२०५९ सालदेखि माओवादी आन्दोलनमा लागेकी उनीओवादी सेनामा हुँदा  प्लाटुन कमाण्डर थिइन्। शान्ति प्रक्रिया सफल बनाउन स्वेच्छिक अवकाश लिएर घर फर्किएकी तानसेन–१३ साविक अर्गालीका पवित्रा गैरे अहिले दैनिक ८० लिटर दूध बिक्री गरिरहेकी छिन्।  

स्वेच्छिक अवकाशको पाँच लाख रुपैयाँबाट व्यावसायिक पशुपालनमा लागेकी गैरेको फर्ममा १५ वटा गाई छन्।  त्यसमध्ये नौवटा गाईले दूध दिन्छ भने अन्य गाईले पाँच महिनापछि दुहुनो बन्ने उनले बताइन्।  'सेना समायोजन मार्फत सेनामा गएरभन्दा आफ्नो कला र क्षमता देखाउने स्थान भनेको व्यापार व्यवसाय गरौँ भन्ने सोच भयो', उनले भनिन् 'त्यसैले सेनाको जागिरमा नगई व्यावसायिक पशुपालनतर्फ लागेँ।'  

आफ्नो फर्ममा भएका गाईबाट सङ्कलन भएको ८० लिटर दूध तानसेन र रिडी बजारमा बिक्री गरेको बताउँदै पवित्रा प्रतिलिटर ५० रुपैयाँमा दूध बिक्री गरेको जानकारी दिइन्। अर्गली नजिकै कुरुङ्खोलामा वार्षिक ३६ हजार रुपैयाँ भाडा तिर्ने गरेर १५ रोपनी जग्गा भाडामा लिएर गाई गोठ बनाएको र बाँकी जग्गामा उन्नत जातका घाँसखेती गरेको पूर्व कमाण्डर गैरेले सुनाइन्।  

व्यावसायिक पशुपालनमा अहिलेसम्म १६ लाख रुपैयाँ खर्च भएको र खर्चअनुसार आम्दानी पनि राम्रो भएको उनले बताइन्।  दैनिक ७० देखि ८० लिटर दूध बिक्री गर्दा मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने  र मासिक ४५ हजार रुपैयाँ बचत गरेको उनको भनाइ छ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.