|

भद्रपुर (झापा) : निर्वाचनलाई मध्यनजर गर्दै झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित होटल तथा लज व्यवसायीले बेलुका ८ बजेभित्र पसल बन्द गर्नुपर्ने भएको छ।मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई भयरहित बनाउन वडा प्रहरी कार्यालय भद्रपुरले गरेको कार्यक्रममा नगरपालिका जनप्रतिनिधि र होटल व्यवसायीले बेलुका ८ बजेभित्र होटल बन्द गर्नमा सहमति जनाएका हुन्। 

विभिन्न जिल्लामा उम्मेदवारी माथि भइरहेको आक्रमणसँगै झापाका होटल तथा लजमा हत्या लगायतको विकृती बढेसंगै वडा प्रहरी कार्यालय भद्रपुरले नगरको शान्ति सुरक्षामा विशेष निगरानी बढाउने लागेको वडा प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी, जनप्रतिनिधि र होटल व्यवसायीबीच भएको सहमतिअनुसार बेलुका ८ बजे पछि नगरका साना तथा ठूला सबै होटल तथा लज बन्द गर्ने,  ग्राहकको परिचयपत्र खुल्ने कागज र होटलमा दुरुस्त अभिलेख राख्ने, शंकास्पद लागे  तत्काल प्रहरीलाई खबर गर्ने, विना इजाजत मादक पदार्थ बिक्री नगर्ने, घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नगर्ने  विषयमा सहमति भएको वडाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए।

भारतको बिहार तथा बंगाल सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगर शान्ति सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्र रहेकोले वडा प्रहरीले मादक पदार्थ बिक्री वितरण गर्ने होटल व्यवसायीलाई लक्षित गरेर सुरक्षा रणनीति बनाएको चौधरीले बताए।

कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रामाया श्रेष्ठले नगरमा सञ्चालित होटल व्यवसायीले नगरेको शान्ति सुरक्षामा सहयोग गर्नुपर्ने बताए। अहिले नगरभित्र साना तथा ठूला गरी ४ सय बढी मदिरा बिक्री वितरण गर्ने होटलहरु सञ्चालित रहेको छ, भने व्यवसायीले राति ९ बजेसम्म पसल खुल्ला राख्ने गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.