|

भद्रपुर (झापा) :  एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुटाछुट्टै दुई वटा कार्यक्रममा सहभागी हुन झापा आउने भएपछि जिल्लाको सुरक्षाव्यवस्था कडा पारिएको छ।

ओली विराटनगर विमानस्थल भएर र प्रचण्ड भद्रपुर विमानस्थल भएर बिहान ११ बजे झापा आउने कार्यक्रम तय भएको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।  

वामपन्थी शीर्ष नेताहरू शनिवार दिनभर झापामा  रहने भएपछि कार्यक्रम स्थलवरपर सुरक्षा व्यवस्था कडा बनाइएको बस्नेतले बताए । प्रशासनिक निकायका प्रमुखहरू, आयोजक, लगायत सरोकारवाला निकायहरुले सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको सुरक्षा स्रोतले जनाएको छ । 

पहिलो कार्यक्रममा प्रचण्ड र ओलीले बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा आयोजित पूर्वाञ्चल स्वास्थ्य महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ। त्यहाँ एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वास्थ्य परीक्षण समेत हुने हस्पिटलका प्रबन्ध निर्देशक दुर्गा प्रसाईँले जानकारी दिए। 

त्यस्तै दमकमा बृहत् चुनावी आमसभामा दुवै नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ। दुवै नेताले झापामा चुनावी सभालाई एकैसाथ सम्बोधन गर्ने लागेपछि राजनीतिक दलहरूले यसलाई  शक्ति प्रदर्शनको रूपमा लिएका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.