|

काठमाडौं : 'ईकु'को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतिमा निर्माण भएको फिल्म 'फिर्के'को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक 'चट्टै' बोलको गीतमा सुवास भुसालको संगीत रहेको छ। रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर रहेको गीतमा लेखु सहयात्रीका शब्द समावेश छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुलेमान शंकर 'ईकु' र नव-नायिका क्रिष्टिना पौडेलको नृत्य रहेको छ।

पुस १४ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको 'फिर्के'मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतको अभिनय रहेको छ। फिल्मलाई रवि डंगोलले निर्देशन गरेका छन्। उनले छ वटा नेवारी (नेपाल भाषा) का फिल्म निर्देशन गरिसकेका छन्। उनी तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा 'बेमान'को नामले परिचित छन्। 

यसअघि 'ईकु' र 'ईकु २' चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले 'फिर्के'मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन्। यो फिल्मका निर्माता ओमलाल गुरुङ र राजेश श्रेष्ठ हुन्। फिल्ममा अभिमन्यू निरवीको लेखन रहेको छ। फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन, मित्र डी. गुरुङको सम्पादन, रामकुमार केसीको छायांकन रहेको छ।

हेर्नुहोस् गीत : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.