|

उदयपुर : सम्बन्धित निकाय मौन रहेकाले उदयपुरमा व्यापक रुपमा निर्वाचन आचर संहिता उल्लंघन भएको छ। आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उदयपुरमा व्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लंघन भएको हो।

निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ ‘झ’ मा निर्वाचनसम्बन्धी प्रचार प्रसारका लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायतको कुनै पनि सार्वजनिकस्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न लगाउन नहुने उल्लेख छ।

तर, उदयपुरमा वडा कार्यालयको छेउमा, सार्वजानिक स्थललमा समेत पर्चा पम्पलेट टाँसिएको छ। चुनाव प्रचार प्रसारको वेला सदरमुकाम गाईघाटभन्दा बाहिर हडिया, सुन्दुपुर क्षेत्रमा बढी मात्रमा दलहरुले आचर संहिता उल्लंघन गरेका छन्।

 ‘त्रियुगा नगरपालिकाको हडिया र जोगिदह क्षेत्रमा सार्वजानिक क्षेत्रमा बढीमा मात्र पोस्टर, पम्पलेट, टाँसिएको छ,’ स्थानीय रुद्र अधिकारीले भने, ‘हामीले यो दलको उ दलको भन्नुभन्दा पनि बाँसको रुखमा रुखकै शैलीमा झुन्डियाएको हेर्दा प्रस्ट हुन्छ।’

दोस्रो चरणमा हुने आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनका उम्मेदवार पहाडी क्षेत्रमा केन्द्रित छन् भने नेपाली कांग्रेस लगायतका दल पहिलो चरणमा भित्री मधेसका क्षेत्रमा केन्द्रित छन्।

उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले अहिले आपूmहरु निर्वाचन आचरसंहिता उल्लंघनकै लागि छलफलमा जुटेको बताए। ‘अहिले हामी छलफलमा छौँ,’ उनले भने, ‘यसबारे म पछि कुरा गर्नेछु।’ यता, मुख्य निर्वाचन

कार्यालय उदयपुरका प्रमुख तेजेन्द्रप्रसाद शर्माले मौखिक रुपमा वाम गठबन्धन तथा कांगे्रस दुवैले एकअर्कालाई आचरसंहिता उल्लंघन गरेको उजुरी गरेको बताए। ‘कुन दलले कति उल्लंघन गरेर उजुरी गरे भन्ने संख्या छैन,’ मुख्य निर्वाचन अधिकृत शर्माले भने, ‘अबका दिनमा निर्वाचन आचारसंहितालाई कडा रुपमा प्रस्तुत गर्ने तयारी गरिरहेका छौं।’

कहाँ कहाँ भए उल्लंघन?

चौदण्डीगढी नगरपालिका ४ को मगर डाँडाँमा शिव मन्दिर मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार डाक्टर नारायण खड्काले शिलन्यास गरेको सोही वडाका वडाअध्यक्ष चरण राईले बताए।

 ‘पूर्व सहरी विकास मन्त्री समेत रहेका खड्काले २ लाखसमेत सहयोग गर्ने भएका छन्,’ उनले भने, ‘आज शुक्रबार शिलन्यास गर्ने कार्यक्रम छ।’ यता, पहाडी क्षेत्रमा पनि विद्यालय, मन्दिर लगायतका क्षेत्रमा वाम गठबन्धनले आचारसंहिता उल्लंघन गर्दै गइरहेको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.