|

काठमाडौं : नायिका ऋचा सिंह ठकुरीले निर्माण गरेको फिल्म 'सुपर गोर्खे'को गीत सार्वजनिक भएको छ। सार्वजनिक 'तिमी नै हौं' बोलको रोमान्टिक गीतमा ताराप्रकाश लिम्बुको संगीत र ज्ञानेन्द्र ताम्लिङको शब्द रहेको छ। गीतमा रजनी रिमाल र संगीतकार लिम्बुले स्वर दिएका छन्।

रामजी लामिछानेले कोरियोग्राफी रहेको भिडियोमा ऋचा सिंह र सचिन केसी फिचरिङ छन्। राज थापाले निर्देशन गरेको फिल्म 'सुपर गोर्खे'मा ऋचा सिंह र सचिनसँगै सुरजसिंह ठकुरी, निराजन लुइटेल, भुपेन्द्र क्षेत्री, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ।

मंसिर २९ देखि प्रदर्शनमा आउन लागेको फिल्ममा ईश्वरीसिंह ठकुरी, रामकृष्ण र सुदिपजंग थापाको लगानी रहेको छ। किरण माइकलको लेखन रहेको फिल्मलाई सौरभ लामाले खिचेका छन्। फिल्ममा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ। 

हेर्नुहोस् गीत : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.