|

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधनको बेला नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको बेइमानीका कारण मधेसी जनताको भविष्य अन्योलमा परेको आरोप लगाएका छन्।

जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा महतोले आफूलाई मधेसकै ठूलो नेता कहलाउन रुचाउने बेइमान निधिको चरित्रका कारण कारण मधेसीको भविष्य अन्योलमा परेको जिकिर गरेका हुन्। 'देशको सबैभन्दा ठूलो दलको सवैभन्दा ठूलो मधेसी नेता विमलेन्द्र निधिले अडान लिएको भए आज मधेसी जनताको भविष्य ओझेलमा पर्ने थिएन' महतोले भने। 

उनले कांग्रेसमा रहेका मधेसीले विद्रोह गर्न लाग्दा निधिले आफ्नो जिम्मामा संविधान संशोधनको अभिभारा लिएर अन्य सांसदलाई फकाए पनि संशोधनको पक्षमा नउभिँदा मधेसले अधिकार नपाएको दावी गरे।

प्रदेश नं. २ को राजधानी जनकपुरधाम बन्ने ठोकुवा महताले गर्दै भने 'पहिलो, दोस्रो र तेस्रो मधेस आन्दोलनको प्रेरणाको स्रोत जनकपुरलाई राजधानी बन्नबाट कसैले रोक्न सक्दैन।' उनले मधेस आन्दोलनको प्रेरणाको स्रोत, प्राचीन मिथिलाको राजधानी र मधेसी जनताको आत्मा जनकपुरधाम रहेकोले राजधानी बनाई छाड्ने प्रतिबद्धता व्यक्त गरे।

महतोले  प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले जनकपुरलाई राजधानी नबनाउने षड्यन्त्रमा कांग्रेस रहेको देखिएको भन्दै जनकपुरमा बढ्दो अपराध र भयलाई अन्त्य गर्ने जिम्मा मधेसी जनताको भएको बताए। मंसिर २१ गते हुने निर्वाचनमा राजपा नेता महतो र कांग्रेस नेता निधि धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.