|
फाइल फोटो

सिद्धारा (अर्घाखाँची) : ८४ वर्षीय जगतबहदुर ताम्राकारको दाँत झरिसके। अनुहार चाउरी परिसक्यो। हिँडडुल गर्न लौरोको सहायता चाहिन्छ। तर उनी यसपटक पनि भोट हालेरै छाड्ने मनस्थितिमा छन्।

मतदान केन्द्र पुग्न सजिलो भने छैन। एक दिन पूरैलाग्छ, त्यो पनि जंगलको बाटो। ‘उमेर छँदा त बल थियो, बिहान तीनै बजे उठेर हिँड्थेँ’, उनले भने, आठ घण्टा हिँड्नुपर्छ, स्थानीय चुनावमा अघिललै दिन पुगेर साथीको घरमा बसेँ, बिहान भोट हालेर फर्किएँ।’

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पनि अघिल्लै दिन पुग्ने उनको योजना छ। सिद्धाराको लामिदार, नयाँबस्ती, लौरी सिलिङखोला, दुम्सी, डिही, सामकोट, बाटुले, उनाय, पात्ले र लिसिकुनालगायत बस्तीबाट नजिकको पाकुरी मतदान केन्द् पुग्न आठ घण्टा हिँड्नुपर्छ। साविक सिद्धारा गाविसले जिल्लाको २७ प्रतिशत क्षेत्रफल ओगट्छ। सात गाविस समेटेर शीतगंगा नगरपालिका भएको छ।

नयाँ संरचनाअनुसार सिद्धारा तीन वटा वडामा विभाजित छ। ‘भोट हाल्न जानैपर्यो’, शीतगंगा–९ का ६१ वर्षीय ज्ञानेश्वर बेल्वासेले भने, ‘गाउँका सबै एकैपटक हिँड्छौं। चामल दाल र तरकारी बोकेर जान्छौं। मतदान केन्द्र पुगेपछि पकाएर खान्छौं। भोलिपल्ट बिहान सबेरै भोट हालेर फर्किने योजना छ।’३० घरका मतदातालाई उक्त केन्द्र टाढा भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.