|

रसुवा : चीनसँगको व्यापारिक नाका रसुवागढी सुन तस्करीको ट्रान्जिट बन्दै गएको छ। चीनसँग सीमा जोडिएका अन्य नाका सञ्चालन नहुँदा तस्करले रसुवागढीलाई ट्रान्जिट बनाउँदै लगेका छन्। चीनको केरुङबाट रसुवागढी नाका हुँदै हरेक वर्ष ठूलो परिमाणमा सुन तस्करी भइरहेको छ।

शनिबार पनि रसुवागढी नाकाबाट १७ किलो सुनसहित चालक पक्राउ परेका छन्। चीनसँगको व्यापारिक नाका रसुवागढीबाट १७ किलो सुनसहित चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका- ५ पाजुङका ३१ वर्षका कर्साङ दावा तामाङ छन्। केरुङबाट बा११च ७९१८ नम्बरको बोलेरोमा फल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको चाँज गर्ने क्रममा सुनसहित बोलेरो चालक तामाङलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार २०७१ सालदेखि सुन बरामद गर्न थालिएको हो। औपचारिक रुपमा नाका सञ्चालन नहुँदा छीटफुट रुपमा अवैध सुन आउने भए पनि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि अवैध सुन तस्करी ह्वात्तै बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.