|

काठमाडौं : गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढ्न थालेपछि मन्त्रालयले प्रहरीलाई यस्तो आदेश दिएको हो। 

‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिँडेको पाइए सिधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भन्यो। तर, गृहको विज्ञप्तिमा भने गोली हान्ने आदेश दिइएको उल्लेख छैन।

शनिवार रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका थिए। यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडीमा आइतबार तनहुँको भानु नगरपालिका– १० कालिमाटीमा बम विस्फोट भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.