|

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई हृदयाघात भएको छ। आइतबार बिहान हृदयघात भएपछि उनलाई नर्भिक अस्पताल लगिएको छ।

प्रकाशलाई नर्भिक अस्पताल लगिएको माओवादी प्रवक्ता पम्फा भुसालले पुष्टि गरिन्। आफू भर्खरै अस्पताल पुगेको भन्दै उनले थप बताउन चाहिनन्। प्रकाशको स्वास्थ्य अवस्थाबारे अस्पतालले पनि केही बताएको छैन।

छोरा गम्भीर बिरामी परेको खबर पाएपछि प्रचण्ड झापाबाट काठमाडौं फर्किँदै छन्। उनी आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.