|

काठमाडौं : हृदयाघात भएर प्रचण्डपुत्र प्रकाश दाहाललाई नर्भिक अस्पताल भर्ना गरिएपछि त्यहाँ माओवादी नेता-कार्यकर्ता तथा शुभचिन्तकहरुको भीड लागेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल अस्पताल पुगिसकेकी छिन्। चुनावी अभियानमा राजधानीमै रहेकाले भुसाल छिट्टै अस्पताल पुगेकी हुन्। भुसाल प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार छिन्।

प्राय: नेताहरु राजधानीबाहिर छन्। गएराति बिर्तामोडमा बास बसेका प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं आउँदै छन्। उनले मोरङको विराटचोकमा आइतबार आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।

अस्पतालबाहिर प्रकाशको स्वास्थ्य स्थितिबारे जान्न चाहनेहरुको ठूलो भीड लागे पनि अस्पतालले केही बताएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.