|

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भएको छ। लाजिम्पाटस्थित निवासमै रहेकाले बेला हृदयाघात भएपछि प्रकाशलाई आइतबार बिहान सबेरै नर्भिक अस्पताल पुर्‍याइएको थियो।

यद्यपि अस्पतालले भने मृत्युको पुष्टि गर्न बाँकी छ। प्रचण्ड झापाबाट काठमाडौं आउँदै गरेकाले उनी आइपुगेपछि मात्र अस्पतालले औपचारिक जानकारी दिने तयारी गरेको स्रोतले बतायो।

पत्नी विना मगरसमेत चुनावी अभियानका क्रममा कञ्चनपुरमा छिन्। उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। उनी पनि काठमाडौं आउँदै गरेको बताइएको छ।

प्रचण्डको चुनावी घरदैलोपश्चात प्रकाश शनिबार चितवनबाट काठमाडौं फर्किएका थिए। प्रचण्ड भने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न पूर्वतर्फ लागेका थिए। सधैँ प्रचण्डसँगै हुने प्रकाश यसपटक भने सञ्चो छैन भन्दै काठमाडौं आएको स्रोतले बतायो।

हृदयघात हुँदा आमा सीता दाहाल भने निवासमै थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.