|

भद्रपुर (झापा) : भद्रपुरस्थित मेची नदीपारि गाउँमा तरकारी खेती विस्तारका लागि भद्रपुर नगरपालिकाले किसानलाई 'डीप बोरिङ' उपलब्ध गराएको छ। नेपाल सरकारको सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत भद्रपुर नगरपालिकाले शनिवार किसानहरूलाई 'डीप बोरिङ' उपलब्ध गराएको हो।

नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, कार्यकारी अधिकृत काजीमान राईसहितको टोलीले गाँउमै पुगेर सात वटा डीप बोरिङ वितरण गरेका थिए। नगरपालिकाले 'डीप बोरिङ' उपल्बध गराएपछि त्यहाँ किसान दंग परे।

भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर–३ मा अवस्थित यो गाउँमा करिब एक सय ५० घरपरिवार बसोबास गर्छन्। बस्तीका अधिकांश नागरिकको जीवन निर्वाहको आधार खेती हो। उनीहरु व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।

‘मेचीपारि–तरकारी बारी’ भनी नगरपालिकाले कार्ययोजना नै बनाएकोले यो गाउँलाई 'तरकारी पकेट क्षेत्र' को रुपमा विकास गर्न नगरपालिका लागि परेको नगर प्रमुख श्रेष्ठले बताए। ‘अझ हामी त्यो गाउँलाई अग्यार्निक तरकारी उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्ने सोचमा छौं’, श्रेष्ठ भन्छन्, ‘विकासका दृष्टिले निकै पछि परेको यो गाउँलाई नगरमै विकासको नमूना बनाउने योजना छ।’ 

आदिवासी समुदायको अधिक बसाबवास रहेको यो गाउँ बर्खामा भद्रपुरसँग बिच्छेदजस्तै बन्छ। मेची खोलामा पुल नभएका कारण खोलामा पानी बढ्दा आवतजावतमा नौको सहारा लिनुपर्ने आधारभूत विद्यालयका शिक्षक कैलाश राईले बताए। यो गाउँलाई भद्रपुरसँग जोड्ने गरी मेची खोलामा निर्माणाधीन झोलुंगे पुल पनि सुस्त गतिमा निर्माण भइरहेको स्थानीय बासिन्दा बताउँछन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.