|

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भएको छ। लाजिम्पाटस्थित निवासमै रहेकाले बेला हृदयाघात भएपछि प्रकाशलाई आइतबार बिहान सबेरै नर्भिक अस्पताल पुर्‍याइएको थियो।

यद्यपि अस्पतालले भने मृत्युको पुष्टि गर्न बाँकी छ। प्रचण्ड झापाबाट काठमाडौं आउँदै गरेकाले उनी आइपुगेपछि मात्र अस्पतालले औपचारिक जानकारी दिने तयारी गरेको स्रोतले बतायो। 
अस्पतालमा नेताहरु आउने क्रम जारी छ। माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता प्रकाशमान सिंह, बालकृष्ण खाँण,प्रकाशशरण महत, एमाले नेता ईश्वर पोखरेल लगायतका नेताहरु आइसकेका छन्। अन्य नेताहरु पनि आउने क्रम जारी छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.