|

  • पार्थ मण्डल-

झापा (भद्रपुर) : झापाको क्षेत्र नम्बर १ मा चुनावी आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। काकँडभिट्टाको मेची भन्सार गेट अगाडि आयोजित हुने चुनावी आमसभालाई एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकैसाथ सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।

 तर, छोरा प्रकाश दाहालको निधन भएको खबर पाउनासाथ माओवादी केन्द्रका अध्यक्ष दाहाल झापाबाट हेलिकोप्टरमार्फत काठमाडौं फर्किएका छन्। छोरा प्रकाश नर्भिक हस्पिटलमा भर्ना भएको खबर पाउनासाथ उनी काठमाडौं फर्किने कार्यक्रम तय भइसकेको पार्टी स्रोतले जनाएको छ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल शनिबार झापा आएका थिए।  शनिबार बिर्तामोड र दमकमा आयोजित कार्यक्रममा दुवै पार्टीका अध्यक्षद्वयले एकैसाथ कार्यक्रमलाई सम्बोधन गरेका थिए।

आइतबार पनि काकँडभिट्टामा एकैसाथ कार्यक्रमलाई सम्बोधन गर्ने पूर्वकार्य तालिका सार्वजनिक भइसकेको थियो। झापा क्षेत्र १ बाट प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका नेता सुरेन्द्र कार्की (राम) उठेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.