|

नवलपरासी : नवलपरासीको गैडाकोट नगरपालिका विजयचोक नजिकै शनिबार राति ट्रकसँग मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार कावासोतीबाट नारायणगढतिर जादै गरेको ना ४ ख ९७०८ नम्बरको ट्रकसँग सोही दिशातिर जाँदै गरेको ना ५० प ४४३४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो।

ज्यान जानेमा भरतपुर महानगरपालिका १६ बस्ने १९ वर्षका सन्दीप घिमिरे र २० वर्षका सुनिल शर्मा रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.