|

काठमाडौं : नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आइतबार मृत्यु भएको आधिकारिक जानकारी गराएको छ। आइतबार काठमाडौंको नर्भिक अस्पतालमा माओवादी प्रवक्ता पंफा भुसालले पत्रकारहरुसँग प्रचण्डपुत्र प्रकाशको हृदयघातका कारण मृत्यु भएको जानकारी गराएकी हुन्।

प्रकाशको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा राखिने भुसालले बताइन्। प्रकाशको आइतबार नै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने माओवादी केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.