|

काठमाडौं : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन आकस्मिक हृदयघातबाट भएको नर्भिक अस्पतालले जनाएको छ। आइतबार अस्पतालका मुटुरोग विशेषज्ञहरु डा. जेपी जयसवाल र डा. यादव भट्टले पत्रकारहरुलाई अस्पताल ल्याउँदा दाहालको निधन भइसकेको जानकारी दिए।

विहान ५ बजेर ५० मिनेटमा प्रकाशलाई उनका दुई सहयोगीले अस्पताल ल्याएका थिए। तर अस्पताल ल्याउनुभन्दा ३ घण्टा अगाडि नै निधन भइसकेको पत्रकारहरुलाई डा. जेपी जयसवालले जानकारी दिए। 'अस्पताल ल्याउनुभन्दा ३ घण्टाअघि नै उहाँको निधन भइसकेको थियो' उनले भने 'आँखा सुन्निएको थियो। हातहरु चिसो भइसकेको थियो।' अस्पताल ल्याएको १० मिनेटपछि आफूहरुले मृत घोषणा गरेको जयसवालले जानकारी दिए।

आइतबार प्रकाशलाई अस्पताल ल्याएपछि सुरुमा मुटुको ईसीजी गरिएको थियो। ईसीजी गर्दा मुटुको धड्कन नदेखिएको डा. जयसवालले बताए। 

आकस्मिक हृदयघात उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको बिरामीलाई बढी हुन्छ। तर दाहालमा उच्च रक्तचाप र मधुमेहको समस्या नहुँदा पनि आकस्मिक हृदयघात देखिएको डा. जयसवालले बताए।  दाहालमा वंशाणुगत कारणले आकस्मिक हृदयघात भएको हुनसक्ने डा. जयसवालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.