|

रौतहट : रौतहटको चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्ग अन्तर्गत गरुडा बजारमा आइतबार बिहान यात्रुबाहक बससँग मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग१ख६६२४ नम्बरको यात्रुबाहक बस र गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बिआर३०एन ५१९५नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक देबाही गोनाही नगरपालिका–९ धरहरी निवासी ४० वर्षीय मुन्निलाल मिश्र र माधवनारायण नगरपालिका–३ निवासी ३५ वर्षीय राम प्रकाश यादव रहेका छन्। उनीहरुको उपचार गर्न चन्द्रनिगाहपुर ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए।

गौरतर्फ जाँदै गरेको बसमा इलाका प्रहरी कार्यालय गरुडा अगाडि राजमार्गमा लेन नाघेर आएको मोटरसाइकल ठोकिन पुगेपछि र्दुघटना भएको प्रहरी निरीक्षक थापाले बताए। बस र बसका चालक चन्द्रपुर नगरपालिका–१ निवासी राकेश प्रताप साहलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.