|

काठमाडौं : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरको पेरिसडाँडामा राखिएको छ। उनलाई पार्टी अध्यक्ष तथा बाबु प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।

छोराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि प्रचण्डले अबिर र माला पनि अर्पण गरे। प्रकाशलाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, अमिक शेरचन, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, नेकपा मालेका महासचिव सीपी मैनाली लगायत पुगेका थिए।

प्रकाशको आइतबार विहान घरमै हृदयघातका कारण निधन भएको थियो। उनको निधन भएको घोषणा भने नर्भिक अस्पतालका डाक्टरहरुले अस्पतालमा विहान ६ बजे गरेका थिए। उनको आइतबार नै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने नेकपा माओवादी केन्द्रले जनाएको छ।

हेर्नुस् फोटोहरु :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.