|

काठमाडौं : आइतबार निधन भएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले एकहप्ता अगाडिमात्र होलबडी चेकअप (पूरा शरीर जाँच) गराएका थिए।

काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पतालमा होलबडी चेक अप गराएङ्का उनको रक्तचाप र शरीरमा चिनीको मात्रा सामान्य रहेको देखिएको अस्पतालका एक चिकित्सकले आइतबार थाहाखबरलाई बताए। 'उहाँको प्रेसर र सुगर सामान्य थियो, तर रगतमा कोलेस्टोरोल भने नर्मलभन्दा केही बढी देखिएको थियो' उनले भने।

दाहालको आइतबार विहान आकस्मिक हृदयघातका कारण घरमै निधन भएको नर्भिक अस्पतालकै डाक्टरहरुले पुष्टी गरे। विहान ५ बजेर ५० मिनेटमा प्रकाशलाई उनका दुई सहयोगीले अस्पताल ल्याएका थिए। तर अस्पताल ल्याउनुभन्दा ३ घण्टा अगाडि नै निधन भइसकेको डा जेपी जयसवालले पत्रकारहरुलाई जानकारी दिएका थिए।

आइतबार विहान ५ बजेर ५० मिनेटमा प्रकाशलाई अस्पताल ल्याएपछि सुरुमा चिकित्सकहरुले मुटुको ईसीजी गरेका थिए। ईसीजी गर्दा मुटुको धड्कन नदेखिएको आकस्मिक हृदयघात भएको डा. जयसवालले बताए।  सामान्यतया ह्दयघातउच्च रक्तचाप र मधुमेहको समस्या देखिएको बिरामीलाई बढी हुने भए पनि दाहालमा उच्च रक्तचाप र मधुमेहको समस्या नहुँदा पनि आकस्मिक हृदयघात देखिएको थियो।

उच्च रक्तचाप र मधुमेह (सुगर)को समस्या नदेखिए पनि प्रकाशलाई वंशाणुगत कारणले आकस्मिक हृदयघात भएको हुन सक्ने डा. जयसवालले पत्रकारहरुलाई जानकारी दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.