|

काठमाडौं : पछिल्लो समय मानिसहरुको अल्पायुमै मृत्यु हुने एउटा कारण बनेको छ, हृदयघात अर्थात हट अट्याक। गएको आइतबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको पनि निधन पनि आकस्मिक हृदयघात (हर्ट अट्याक) बाट भयो।

सामान्यतया उच्च रक्तचाप र मधुमेहको समस्या देखिएका बिरामीलाई हृदयघातको सम्भावना बढी हुन्छ, तर पछिल्लो समय हृदयघातको जोखिम भन्दा बाहिर रहेकाहरुमा पनि ह्दयघात भएको पाइएको चिकित्सकहरु बताउँछन्।

किन हुन्छ आकस्मिक हृदयघात?

सामान्यतया उच्च रक्तचाप, मधुमेह र कोलेस्टोरोल भएका बिरामीहरुलाई  हृदयघातको उच्च जोखिम मानिए पनि हृदयघात जुनसुकै बेला र जस्तोसुकै मानिसलाई हुनसक्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्।

'सुगर, प्रेसर र उच्च कोलेस्टोरोल भएकाहरुलाई हृदयघातको उच्च जोखिम मानिने भए पनि ह्दयघात जुनसुकै बेला स्वस्थ मानिसलाई पनि हुनसक्छ' उनले भने 'हृदयघात अचानक नै हुने भएकाले पहिल्यै सावधानी अपनाउनु राम्रो हुन्छ।'

कुनै पनि रोगको लक्षण नदेखिएको बेलामा पनि कहिलेकाहीँ मुटुको चाल अचानक बन्द भई आकस्मिक हृदयघात हुने सम्भावना हुन्छ। उच्च रक्तचाप, मधुमेह र कोलेस्टोरोलको समस्या भएकाहरुलाई हृदयघात हुने बेलामा छाती दुख्ने, जीउ भारी हुने जस्ता लक्षण देखिन्छ। तर आकस्मिक हृदयघात हुनेहरुलाई त्यस्तो केही लक्षण नदेखिकन अचानक मुटुको चाल बन्द हुने र मृत्यु हुन सक्ने डा. अनिल बताउँछन्।

युवा अवस्थामा नै हृदयघात हुनुको मुख्य कारण वंशाणुगत कारण मुख्य हो। तर कहिलेकाहीँ रक्तनलीको खराबीको कारणले समेत हुने डा. अनिलको भनाइ छ। मोटोपना, अनावश्यक तनाव, विलासीपूर्ण जीवनशैली पनि युवा अवस्थामा हृदयघात हुने मुख्य कारण रहेको उनले जानकारी दिए।

गर्मी महिनामा भन्दा जाडोमा मानिसलाई हृदयाघात बढी हुन्छ। जाडो मौसममा चिसोका कारण रक्तनलीहरु खुम्चन्छ। खाना धेरै रुच्ने हुनाले धेरै खाने गरिन्छ। यसले शरीरमा मोटोपना र आलस्यपन बढाउँछ। जाडोकै कारण शारीरिक अभ्यास पनि कम हुन्छ। यसबाट रगतमा कोलोस्टेरोलको मात्र बढ्ने गर्छ। त्यसैले जाडोलाई हृदयाघातको जोखिमपूर्ण मौसम मानिन्छ। त्यस्तो जोखिमबाट बच्‍न शरीरमा चिनीको मात्रा र कोलेस्टेरोललाई नियन्त्रणमा राख्नुपर्छ। अल्कोहल र धुमपान सेवन गर्नुहुदैन। चुरोटमा हुने निकोटिनले मुटुमा रहेका स साना नशाहरुलाई खुम्च्याउने भएकाले चुरोट सेवन गर्नेहरुमा हृदयघातको जोखिम उच्च हुन्छ।

नियमित उच्च रक्तचापको औषधि सेवन गरेका, कोलेस्टेरोल सम्बन्धी  समस्या भएका व्यक्ति र मधुमेहका विरामीहरुले जाडोमा विशेष सावधानी अपनाउनु पर्छ। विशेषगरी बिहानको समयमा हृदयघात हुने सम्भावना बढी हुन्छ। चिसो मौसममा फोक्सो सम्बन्धी सीओपीडीका बिरामीलाई पनि हृदयाघात हुने सम्भावना बढी हुने मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्। मुटु रोगका पुराना विरामीले जाडोमा आफ्नो खानपान र जीवनशैलीलाई झनै ध्यान दिएर सावधानी अपनाउनुपर्छ। पहिले मटुरोग लागेर अहिले ठीक भएकाहरुले समेत आफूलाई चिसोबाट जोगिनुपर्ने बताउँछन् मुटुरोग विशेषज्ञ डा. अनिलको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.