|

संखुवासभा : जिल्लामा चुनावविरोधी गतिविधिमा संम्लग्न रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ गरेको छ।  खाँदबारी नगरपालिका-१  बाट देवराज पुरी र चैनपुर नगरपालिका-४ बाट निशा लिम्बूलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।  

चुनावको प्रचारप्रसारका लागि सभापोखरी गाउँपालिकाको बाह्रबिसे जाँदै गरेका वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र गौतम  प्रदेशसभा ‘क’ का  उम्मेदवार पूर्णप्रसाद राई र समानुपातिक तर्फकी उम्मेदवार इन्दिरा मिश्र चेतना लगायतका नेता कार्यकर्ताको गाडीमाथि बम प्रहार भएपछि संखुवासभाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.