काठमाडौं: नेकपा माअोवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का पुत्र प्रकाश दाहालको आइतबार बिहान हृदयाघातका कारण निधन भएपछि आजै उनको दाहसंस्कार गरियो।
चुनावी प्रचार अभियानका क्रममा झापामा रहेका प्रकाशका पिता प्रचण्ड अकस्मात काठमाडौं फर्किएका थिए। प्रकाशका दुई छोरा नाबालक भएका कारण पार्थिव शरीरमा पिता प्रचण्डले नै दागबत्ती दिएका थिए।
आइतबार अपराह्न ५ बजेतिर प्रकाशलाई श्रद्धान्जलि दिन हजारौँ शुभचिन्तक र विशिष्ट व्यक्तिको आर्यघाटमा उपस्थिति रहेको थियो।
हेर्नुहोस् फोटा:
तपाईंको ईमेल गोप्य राखिनेछ ।