|

उदयपुर :   आइतबार राति मोटरसाइकल र टेम्पो एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका ४ वगाहास्थित जलजलेबाट गाईघाटतर्फ आउँदै गरेको स७प ७२४० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको स१ह १४८५ नम्बरको टेम्पो एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेधराज अधिकारीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका १० स्थित अस्पताल चौक बस्ने वर्ष २७ को सुमन मगर छन्। मगरको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो। टेम्पो र मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा लिएको जानकारी दिइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.