|
फाइल फोटो

रसुवा : रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे मा रोकेर राखिएको तीन ओटा मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेको छ। वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग गरेका तीनओटा मोटरसाइकल आइतबार साँझ सवा ६ बजे आगजनी भएको हो।

गठबन्धनले ग्रे मा सवारीसाधन रोकेर नेसिङमा निर्वाचन प्रचारप्रसार अभियानमा लागेको समयमा घटना भएको प्रहरीले जनाएको छ। नेसिङमा चुनावी अभियान सकाएर फर्किदै गर्दा घटना भएपछि गठबन्धनले प्रहरीलाई खबर गरेका थिए।

ग्रे लोकतान्त्रिक गठबन्धनको पकट क्षेत्र भएकाले लोकतान्त्रिकका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनापछि गाउँले घर छाडेर हिँडेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। घटनामा संलग्न भएका व्यक्ति फरार भएको र फरार भएकाहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक धुव्र सिलवालले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.