|

जनकपुरधाम : धनुषाको जनकपुरबाट १ थान कटुवा पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोक स्थित रामजानकी पिक्चर पैलेसको अगाडिबाट कटुवा पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरुमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १३ का १६ वर्षीया शौरभ पटेल, महोत्तरीको पिपरा गाउँपालिका वडा नं. २ का १८ वर्षीया विकास यादव र महोत्तरीकै बलवा नगरपालिका वडा नं. २ का १९ वर्षीया अतिष यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शनिबार रातिको १० बजे अवैध हात हतियार ल्याउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष क्राइम ब्रान्चको टोलीले चेकजाँच क्रममा १ थान कटुवा पेस्तोलसहित ३ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले जानकारी दिएका छन्।

पक्राउ परेका तीनै जनालाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना मुद्दामा म्याद गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.