|

  • महेश्वर अधिकारी-

बारा : सिमरामा रोकी राखेको कांग्रेस उम्मेदवारको गाडीमाथि बम प्रहार भएको छ। नेपाली कांग्रेस क्षेत्र नं ४ (क) उम्मेदार ओमकृष्ण कार्कीको चुनावी प्रचारप्रसारका लागि खटिएको बा१४च६३३० नं को स्कारफी गाडीमा सोमबार बिहान प्रेसरकुकर बम प्रहार भएको हो।

जिल्ला वन कार्यालयको पछाडिपट्टि चालक राधाकृष्ण साह ठकुरीले आफ्नै घरमा पार्किङमा राखेको गाडीमा अज्ञात व्यक्तिले गाडीको तलपट्टि प्रेसरकुकर बम राखेर फरार भएको जनाइएको छ।

बम प्रहारबाट गाडीमा क्षति भएको नेपाली कांग्रेस बारा क्षेत्र नं ४ (क) प्रचारप्रसार विभाग संयोजक हरिप्रसाद थपलियाले जानकारी दिए। घटनामा गाडीभित्र राखिएको प्रचार साम्रगी, गाडीका सिसाहरुमा क्षति भएको छ। सो घटनाबारे इलाका प्रहरी कार्यालय सिमराले सिसी क्यामेराको माध्यमबाट अनुसन्धान सुरु गरिसकेको प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए। घटनामा कुनै मानवीय क्षति नभएको र घटनामा कसको संग्लना छ भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.