|

चितवन : चितवनको रत्ननगरमा भएको पहिलो पूर्वी चितवन महोत्सवका अवसरमा विवाहको ५०औं वर्षागाँठ मनाएका २० जोडीलाई ‘आदर्श जोडी’ सम्मान प्रदान गरिएको छ। पछिल्लो समयमा विवाह गरेको केही वर्षमै सम्बन्ध टुट्ने गरेकाले युवाका लागि प्रेरणा दिने उद्देश्यले ५०औं वर्षगाँठ मनाएका जोडीलाई सम्मान गरिएको पूर्वी चितवन महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ती २० जोडीलाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सो क्रममा सम्मानित जोडीहरुलाई रत्ननगर बकुलहरु अस्पतालले निःशुल्क उपचार गर्ने घोषणासमेत गरिएको छ। अस्पतालका अध्यक्ष  देवेन्द्र कुमार श्रेष्ठले यस्तो घोषणा गरेका हुन्। १० दिन सञ्चालन भई आइतबार समापन गरिएको उक्त महोत्सवका क्रममा यसअघि ६ जनालाई ‘मरणोप्रान्त स्मृति सम्मान’ समेत प्रदान गरिएको थियो। महोत्सवले  पूर्वी चितवनमा विभिन्न क्षेत्रबाट विशिष्ट योगदान दिएका ६ जना व्यक्तिलाई ‘मरणोप्रान्त स्मृति सम्मान’ समेत प्रदान गरिएको हो।

कला क्षेत्रतर्फ स्व. जगतकृष्ण प्रजापति, व्यवसायिक क्षेत्रतर्फ स्व. भवदत्त अधिकारी, संरक्षण क्षेत्रतर्फ स्व. पुष्पराज सुवेदी, शिक्षातर्फ स्व. गुणराज पाठक तथा सामाजिक क्षेत्रतर्फ स्व. नाथुराम महत्तो र स्व. किशोरचन्द्र ढुंगानालाई मरणोप्राप्त स्मृति सम्मान प्रदान गरिएको थियो।

कात्तिक २४ देखि मंसिर ३ गतेसम्म चलेको महोत्सवमा १ लाख दर्शकले अवलोकन गरेको आयोजक रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए। झण्डै २०० स्टल रहेको महोत्सवमा कलाकारहरु इन्दिरा जोशीले, शिव परियार, ज्योति मगर, मनोज गजुरेल, सागर आले, सुजाता पाण्डे, दिनेश काफ्ले र विनिता शाहीले प्रस्तुति दिएका थिए।

यस्तै महोत्सवमा दुलही श्रृंगार प्रतियोगिता र रत्यौती प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता वक्तृत्वकला प्रतियोगिता भएको र विजेताहरुलाई आइतबार नै पुरस्कार प्रदान गरिएको थियो। महोत्सवमा सहभागी भएका २०७४ सालका जोडीलाई सौराहाका निश्चित होटलमा ४० प्रतिशत छुटको हनिमुन प्याकेज घोषणासमेत गरिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.